|  

स्वास्थ्य बिमाको जिम्मा सरकारले नै लिनु पर्छः स्वास्थ्यमन्त्री पौडेल

३० बैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रम बिस्तार गर्न नसके उपचारको क्षेत्रमा राज्यले दायित्व वहन गर्न नसक्ने बताएका छन् ।

नर्सिङ् तथा सामाजिक सुरक्षा महाशाखाले गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले वर्षेनी सर्ने तथा नसर्ने रोगीको संख्या बढ्दा गएकाले अब उपचारको दायित्व लिन सक्ने अवस्था नभएको बताएका हुन् । मन्त्री पौडेलले भने,‘नयाँ रोगको जोखिम बढ्दै गएको छ, वर्षेनी बिरामीको संख्या बढ्दै गएको छ, अब राज्यले उपचारको जिम्मा लिन सक्दैन । स्वास्थ्य बिमा कार्यक्रम बढाउन सकिएन भने बिरामीको उपचार गर्न नसक्ने अवस्था छ ।’

स्वास्थ्यमन्त्री पौडेलले उपचारमा राज्यले बहन गर्न सक्ने एउटा मात्र उपाय स्वास्थ्य बिमा कार्यक्रम भएको जनाए । उनले स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्न स्वास्थ्य मन्त्रालयले मात्र नसक्ने बताए । ‘स्वास्थ्य बिमाको जिम्मा सरकारले नै लिनु पर्छ। स्वास्थ्य मन्त्रालयले मात्र स्वास्थ्य बिमा कार्यक्रम लागू गराउन सक्दैन’ मन्त्री पौडेलले भने ।