|  

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणको शिलान्यास (तस्बिरहरु)

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने चलचित्र छायांकन स्टुडियो शिलान्यास गरेका छन ।

‘सिनेपा’ नाम दिइएको सो चलचित्र छायांकन स्टुुडियोको आज प्रधानमन्त्री निवासमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन । ४२ रोपनी जग्गामा निर्माण हुने स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायांकनस्थल हुने बताइएको छ ।  देशमा चलचित्र निर्माण सुरु भएको ६ दशक पूरा हुँदा पनि सुविधासम्पन्न स्टुुडियो निर्माण नभएकामा चलचित्र क्षेत्रमा आबद्ध निर्माता तथा कलाकारले गुनासो गर्दै आएका थिए ।