|  

सिटिइभिटीले प्रि-डिप्लोमा र डिप्लोमा तहमा विद्यार्थी भर्ना गर्दा प्रवेश परीक्षा नगर्ने

३० बैशाख, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा नयाँ विद्यार्थी भर्ना गर्दा एसईइ/एसएलसीको प्राप्तांकको आधारमा छनौट गर्ने निर्णय गरेको छ ।

प्रवेश परीक्षा संचालन गरी प्रशिक्षार्थी भर्नाका लागि सिफारिश गर्दै आइरहेकोमा तत्काल एसईई/एसएलसी उत्तीर्ण गरी आएका विद्यार्थीहरुलाई अंग्रेजी, गणित र विज्ञान विषयकै प्रश्नहरु सोधी नतिजा प्रकाशन गर्दा लामो समयसम्म भर्ना चालु रहने गरेकोले प्रवेश परीक्षा नगर्ने भएको छ । प्रि-डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२ मा सम्पुर्ण कार्यक्रमहरुको शैक्षिक सत्र २०८२/०८३ देखि अनलाईन आवेदन फाराम भराई एसईई/एसएलसी को प्राप्तांकको आधारमा छनौट गरिने उल्लेख गरेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को २०८२।०१।२६ गतेको २०७ औं बैठकको निर्णयबाट उक्त व्यवस्था गरेको परिषद्ले जनाएको छ ।

निर्देशिक्षक अनुसार एसईईको प्राप्तांकलाई जिपिए ४ अंक भार हुनेछ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अंक र संस्थागत विद्यालयमा अध्ययन गरेकालाई ०।८५ अंक गणना गरी योग्यताक्रम निर्धारण गर्ने गरी विद्यार्थी छनौट गरिनेछ ।