३१ बैशाख, काठमाडौं । पाकिस्तानको विदेश कार्यालयले मंगलबार आदमपुर एयर बेसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणप्रति आपत्ति जनाएको छ ।
पाकिस्तानको विदेश कार्यालय (पीएफ)ले एक विज्ञप्ति जारी गर्दै मोदीको भनाइले गलत सूचना, राजनीतिक लाभ उठाउने प्रयास र अन्तर्राष्ट्रिय नियमहरूको अवहेलनालाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको बताएको छ ।
पीएफओले भन्यो,‘भारतीय प्रधानमन्त्रीको भनाइले उनले आफ्ना आक्रमणहरूलाई जायज ठहराउन झूटा कथाहरू बनाएको देखाउँछ। पाकिस्तानले युद्धविराम समझदारीको पालना गरिरहेको छ र तनाव कम गर्न र क्षेत्रमा शान्ति कायम राख्न आवश्यक कदम चालिरहेको छ।’
पीएफओका प्रवक्ता शफकत अली खानले भने कि प्रधानमन्त्री मोदीको उत्तेजक भाषणले पहिले नै तनावपूर्ण वातावरणलाई अझ अस्थिर बनाउन सक्छ।