३१ बैशाख, काठमाडौं । साउदी भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक भारत र पाकिस्तानबीच युद्धविराम गराउने श्रेय आफ्नो सरकारलाई दिएका छन् ।
मंगलबार साउदी अरेबियाको राजधानी रियादमा ट्रम्पले भने कि मैले दुई देशबीच युद्धविरामको मध्यस्थता गर्न ठूलो मात्रामा व्यापारको प्रयोग गरें।
ट्रम्पले साउदी–अमेरिका लगानी मञ्चमा भने, ‘मैले भनेँ साथीहरू एउटा सम्झौता गरौं। केही व्यापार गरौं। हामी आणविक क्षेप्यास्त्रको व्यापार गर्दैनौं।’