३१ बैशाख, काठमाडौं । गाजाको खान युनिसको एक युरोपेली अस्पतालमा इजरायली हवाई आक्रमणमा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीका प्रवक्ताले उक्त जानकारी दिएका हुन् । स्थानीय स्रोतका अनुसार इजरायली लडाकु विमानहरूले गाजाको यस अस्पतालमा एकैसाथ छ वटा बम खसालेका थि ए। बम अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा खसेका थिए।
इजरायली सेनाले कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा हमास आतंककारीहरूमाथि सटीक हमला गरेको बताएको छ । इजरायलले यो केन्द्र अस्पताल मुनि रहेको दाबी गरेको थियो ।
यस हवाई हमलामा गाजामा बीबीसीका लागि काम गर्ने एक स्वतन्त्र पत्रकार पनि घाइते भएका छन् । यद्यपि उपचार पछि उनको अवस्था अहिले स्थिर रहेको बताइएको छ।