|  

६ घण्टापछि नियन्त्रणमा आयो मखनटोलको आगलागी

३१ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका- २४ स्थित मखनटोलमा आज बिहान भएको आगलागी नियन्त्रणमा आएको छ ।

बिहान ६ः५० मा सुरु भएको आगलागी बिहान ९ः१५ मा मात्र नियन्त्रणमा आएको हो । काठमाडौँ उपत्यकाका ६ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो । आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनको सनाखत हुन बाँकी रहेकोछ ।

सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले माटो र काठले बनेको कच्ची घरको तेस्रो तल्लामा ग्याँस लिक भई आगलागी भएको थियो । आगो आडैमा रहेको रुकेश श्रेष्ठको ५ तले  पक्की घरमा सल्किएको थियो । आगोबाट यी दुई घरमा क्षति भएको छ ।