|  

युद्धविरामपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध चाले यस्तो कदम

३१ बैशाख, काठमाडौं । पाकिस्तानले मंगलबार अबेर राति भारत विरुद्ध जवाफी कारबाही गर्दै इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ अर्थात् अवाञ्छित व्यक्ति घोषणा गरेको छ ।

यसअघि मंगलबार भारतले नयाँ दिल्लीस्थित पाकिस्तानी उच्चायोगका एक पाकिस्तानी कर्मचारीलाई ‘पर्सोना नन ग्राटा’ व्यक्ति घोषणा गरेको थियो । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, अधिकारीलाई २४ घण्टा भित्र भारत छोड्न भनिएको थियो ।

यसको जवाफमा, पाकिस्तानी विदेश मन्त्रालयले पनि एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तान सरकारले इस्लामाबादस्थित भारतीय उच्चायोगका एक कर्मचारीलाई पर्सोना नन ग्राटा व्यक्ति घोषणा गरेको छ । ती अधिकारीलाई २४ घण्टा भित्र पाकिस्तान छोड्न निर्देशन दिइएको छ ।’