३१ बैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रमा बढ्दो तस्करीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सम्बन्धित सुरक्षा निकायलाई कडा निर्देशन दिएका छन् ।
बुधबार विराटनगरमा सुरु कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन सत्रमा गृहमन्त्रीले तस्करी नियन्त्रणमा ३० दिनभित्र अनुभूति हुनेगरीु एक्सन लिन निर्देशन दिएका हुन्।
‘तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ, मुलुकमा नकारात्मक असर गरेको छ,’गृहमन्त्री लेखकले भने, ‘तस्करी तुरुन्त रोक्नुपर्छ, होइन भने गृह मन्त्रालयले अर्को एक्सन लिन्छ।’