३१ बैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२४ स्थित मखनगल्लीमा खाना पकाउने ग्याँस पड्किएर आगलागी भएको अनुसन्धानबाट थाहा खुलेको छ ।
बुधबार बिहान ६ बजेर ५० मिनेटमा सुरज आर्केड पछाडि रहेको दयाराम श्रेष्ठको ४ तले घरमा आगो लागेको थियो ।
आगलागीमा परेर सो घरको चौथो तलामा बस्ने एक जना महिलाको मृत्यु भएको छ ।
मखन क्षेत्रमा नाङ्लोमा सामान बेच्दै आएकी करिब ६५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनलाई स्थानीयहरू ‘चरिकोटे बुढी’ भनेर चिन्थे । उनी दोलखाको चरिकोटकी स्थानीय हुन् ।
आगलागी सुरु भएपछि निसास्सिएर उनको मृत्यु भएको आकलन गरिएको छ । दयाराम श्रेष्ठको घरबाट फैलिएको आगो रुकेश श्रेष्ठको घरमा पनि फैलिएको थियो ।
६ वटा दमकलको सहयोगमा प्रहरी, सशस्त्र र सेनाले आगो नियन्त्रणमा लिएका थिए ।