|  

सरकारले गभर्नर नियुक्त गर्न नसक्दा राष्ट्रकै बेइज्जत भयोः रेखा शर्मा 

३१ बैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)की सांसद रेखा शर्माले सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसक्नुले राष्ट्रकै बेइज्जत भइरहेको टिप्पणी गरेकी छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारणसमेत माग गरिन् ।

‘दुई तिहाइको बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुको कारण के होला ?गभर्नर नियुक्तिको विषयमा बाहिर जुन स्थिति देखिएको छ । सरकारमा आबद्ध दलको दलगत स्वार्थ नमिलेर अथवा विभिन्न कारणले गभर्नर नियुक्त भएको छैन भन्ने कुरा बाहिर आएको छ । यसले राष्ट्रको बेइज्जत भइरहेको छ,’ उनले भनिन् ।