३१ बैशाख, काठमाडौं । भारतीय विदेश मन्त्री एस.जयशंकरको सुरक्षा व्यवस्था बढाइएको खबर आएको छ ।
पाकिस्तानसँगको तनावका बिचमा जयशंकर अब बुलेट प्रुफ कारमा यात्रा गर्नेछन्। केन्द्रीय गृह मन्त्रालयले जयशंकरको सुरक्षा व्यवस्थामा विशेष बुलेटप्रुफ कार समावेश गरिएको समाचार एजेन्सी एएनआईले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ ।
उनको दिल्लीस्थित निवास वरपर पनि सुरक्षा कडा पारिएको छ । जयशंकरले पहिले नै जेड श्रेणीको सुरक्षा पाउँदै आएका थिए । यो सुरक्षा केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफ कमाण्डोहरूद्वारा प्रदान गरिन्छ । उनको सुरक्षाको लागि ३३ जना कमाण्डोको टोली २४ सै घण्टा खटिन्छ ।