३१ बैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले यसपटक नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय सम्झौतामा समावेश नहुने घोषणा गरेका छन् ।
फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै लामिछानेले यो निर्णयलाई क्रिकेट वा राष्ट्रबाट टाढा हुने कदम नभई, व्यक्तिगत र पेशागत विकासतर्फको पाइलो भएको बताएका छन्। ‘यो छुट्टिनु होइन, बरु विकास र उद्देश्यतर्फको यात्रा हो’ उनले भनेका छन्।
‘सन्दीपले क्यानप्रति आभार प्रकट गर्दै भनेका छन्, ‘क्यानले मेरो क्रिकेट यात्रा र नेपालको क्रिकेटलाई अघि बढाउन खेलेको भूमिकाको म उच्च कदर गर्छु।’ उनले आफ्नो अनुभव र योगदानको माध्यमबाट अझ धेरै सिक्ने र दिन बाँकी रहेको उल्लेख गरेका छन्।