|  

१४ अंककले घट्यो नेप्से,  ८ अर्ब ७३ करोडको कारोबार

३१ बैशाख, काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १४ अंकले घटेको छ । नेप्से १३.९६ अंककले घटेर २६२०.२७ विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार पनि घटेको छ । 

आज ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८४ लाख ९६ हजार १३८ कित्ता शेयर कारोबार भएको छ । ६२ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८३ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।  ३१५ वटा कम्पनी कारोबारमा आउँदा १ लाख १२ हजार ५७७ पटक शेयर किनबेच भएको छ । 

यस्तै १३ वटा समूह मध्ये २ समूह बढेको छ भने बाँकी ११ वटा समूह घटेको छ । आज विकास बैंक समूह १.१९ प्रतिशतले र अन्य समूह २.४६ प्रतिशतले बढेको छ । 

आज सबैभन्दा बढी हाइड्रोपावर समूह १.९६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले घटेको छ ।