|  

अर्थ मन्त्रालयको बेरुजु सबैभन्दा बढी

३१ बैशाख, काठमाडाैं ।  गत आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारी मन्त्रालयतर्फ सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको देखिएको छ।

बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी अर्थको ७०.६१ प्रतिशत बेरुजु रहेको देखाएको हो।

दोस्रो नम्बरमा रहेको भौतिक तथा पूर्वाधार यातायात मन्त्रालयको बेरुजु १३.४८ प्रतिशत रहेको छ।

रक्षा मन्त्रालयको ३.५० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको बेरुजु ३.१६ प्रतिशत र परराष्ट्र मन्त्रालयको २.२१ प्रतिशत बेरुजु रकम रहेको महालेखाले देखाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १.८७ प्रतिशत बेरुजु देखिएको छ।