|  

पोखरा दुुर्घटना अपडेटः २० जना घाइते, ५ को अवस्था गम्भीर

३१ बैशाख, काठमाडौं । पोखरा महानगरपालिका वडा २२, पुम्दीमा माइक्रो बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।

पुम्दीकोटदेखि छोरेपाटनतर्फ हिडेको ग १ ख ३८८६ नम्बरको भारतीय पर्यटक बोकेको बस आज दिउँसो साढे १ बजे दुर्घटनामा परेको हो । बस सडकदेखि तल खसेको छ । बसमा करिब २५/२६ जना सवार थिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।

बस ब्रेक फेल भएर दुर्घटना भएको हुन सक्ने आशंका छ । जिल्ला प्रहरी कार्यालय कास्कीले दुर्घटनाको अनुसन्धान कार्य भइरहेको जनाएको छ ।