३१ बैशाख, काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा डाक्नेश्वरी नगरपालिका सप्तरीका प्रमुख प्रशासकीय अधिकृत रामकिसुन यादवसमेत ८ जना र जी.एस. निर्माण सेवाविरुद्ध मुद्दा दायर गरिएको हो ।
नगरपालिका कार्यालयले नगरपालिकाको सम्पूर्ण वडामा बिजुलीको पोलमा उच्चस्तरीय पोल लाइट जडानमा प्रमुख प्रशासकीय अधिकृत यादव लगायतले अनियमितता गरेको अख्तियारको दाबी छ ।