१ जेठ, काठमाडौं । कतार भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार त्यहाँका अमिर शेखलाई भेटेका छन् ।
भेटमा दुवै नेताले कतार र अमेरिका बीचको संयुक्त घोषणापत्रमा हस्ताक्षर गरेका छन् । कतारका अमिर शेखले ट्रम्पलाई भने, ‘मलाई थाहा छ तपाईं शान्तिको दूत हुनुहुन्छ ।’
उनले कतार र अमेरिकाबीचको सम्बन्ध नयाँ उचाइमा पुग्नेमा आफू विश्वस्त रहेको बताए।ट्रम्पले कतारलाई सहयोगी भएकोमा धन्यवाद दिए। उनले दुई नेताले विश्व, युक्रेन युद्ध र इरानको विषयमा छलफल गरेको बताए।ट्रम्पले व्यापार र बोइङ विमान सम्झौताको बारेमा कुरा गरे।
जसलाई उनले कम्पनीको इतिहासमा सबैभन्दा ठूलो जेट अर्डर भनेका छन्।ट्रम्पले कतार एयरवेजले बोइङबाट २०० अर्ब डलरभन्दा बढी मूल्यका १६० वटा विमानको कीर्तिमानी अर्डर दिएको बताए।दुई देशबीच एमक्यू–९बी ड्रोनको सम्झौता पनि भएको छ।यसबाहेक दुई देशबीचको सहकार्य सम्बन्धी संयुक्त घोषणापत्रमा पनि हस्ताक्षर भएको छ।