१ जेठ, काठमाडौं । काठमाडौंको सतुंगलमा आगलागी भएको छ ।
बिहीबार बिहान ५ः२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक कम्प्लेक्समा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ ।
उक्त कम्प्लेक्समा रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो।अहिले आगो निभाउने काम भइरहेको छ ।