|  

महिला टी-२० विश्वकप छनोटः नेपालले आज बहराइनसँग खेल्दै

१ जेठ, काठमाडौं । थाइल्याण्डमा भइरहेको आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज बहराइनसँग खेल्दैछ ।

समूह सी मा रहेको नेपाल र बहराइनबीचको खेल बैंककस्थित टेरथाई ग्राउण्डमा नेपाली समय अनुसार १२ः१५ बजे सुरु हुनेछ ।

समूह चरण पार गर्दै सुपर थ्री मा पुग्ने सम्भावना कायम राख्न नेपालले आज बहराइनलाई हराउनैपर्नेछ ।