|  

लखनउमा गुडिरहेको बसमा आगलागी,  पाँच जना यात्रुको जलेर मृ#त्यु

१ जेठ, काठमाडौं । भारतको लखनउमा बिहीबार बिहान एउटा गुडिरहेको स्लिपर एसी बसमा आगलागी भएको छ। दुर्घटनामा पाँच जना यात्रुको जलेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ बालबालिका, २ महिला र १ पुरुष छन् । बसमा लगभग ८० जना यात्रु थिए। बस बिहारबाट दिल्ली जाँदै थियो । दुर्घटना बिहान ५ बजे मोहनलालगञ्ज नजिकैको बाहिरी रिङरोड (किसान पथ) मा भएको थियो। त्यतिबेला धेरैजसो यात्रुहरू सुतिरहेका थिए ।

यात्रुहरूले बस अचानक धुवाँले भरिन थालेको बताए । मानिसहरूले केही बुझेनन्। केही मिनेटमै बस आगोको चपेटामा पर्‍यो । बस भित्र भागदौड मच्चियो । बस चालक र कन्डक्टर जलिरहेको बस छोडेर भागे। चालकको सिट नजिकै एउटा अतिरिक्त सिट थियो ।

यस्तो अवस्थामा यात्रुहरूलाई ओर्लन समस्या भयो। धेरै यात्रुहरू बसमा फसे ।नजिकैका मानिसहरूले प्रहरी र दमकललाई खबर गरे। दमकल आइपुग्दासम्म सम्पूर्ण बस जलिसकेको थियो। दमकलले करिब ३० मिनेटमा आगो निभायो।