|  

नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने इन्स्पेक्टर कारबाहीमा

१ जेठ, काठमाडौं ।काठमाडौंको नागढुंगामा प्रहरी हवल्दारमाथि कुटपिट गर्ने ट्राफिक प्रहरीका इन्स्पेक्टर जितेन्द्र साह कारबाहीमा परेका छन् ।

बुधबार सडकमै साहले प्रहरी सहायक हवल्दारलाई चड्कन हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । साहलाई उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ ल्याइएको बताउँदै अनुसन्धानपश्चात् थप कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

उनका अनुसार घटना आज दिउँसोको हो । कुटाई खाने सहायक हवल्दार ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए । ट्राफिक प्रहरी निरीक्षक साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन् ।

यद्यपि सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको उनले आफ्नो कमाण्डमा जानकारी गराएका छन् ।