|  

इजरायली सेनाको हवाई आक्रमणमा गाजामा ८० जनाको मृ#त्यु

१ जेठ, काठमाडौं । इजरायली सेनाले गाजामा गरेको हवाई हमलामा ८० जनाको मृत्यु भएको छ ।

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका छन् ।

इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो ।