|  

जब मदिरा सेवन गरेर शिक्षकले महिला नगर सदस्यलाई कुटपिट गरे....

१ जेठ, काठमाडौं । कालिकोटको रास्कोट नगरपालिका-२ स्थित मोतिराम माध्यमिक विद्यालयमा कार्यरत शिक्षक उपेन्द्र सिम्खाडाले वैशाख ३१ गते दिउँसो मदिरा सेवन गरेको अवस्थामा सोही वडाकी महिला जनप्रतिनिधि तथा नगर कार्यपालिका सदस्य उमा योगीमाथि हातपात गरेपछि स्थानीय तहदेखि सामाजिक सञ्जालसम्म तीव्र आलोचना भएको छ ।

स्थानीय चक्रनाथ योगीका अनुसार आपसी विवादका क्रममा मदिराले मतिभ्रमित अवस्थामा रहेका सिम्खाडाले नगर कार्यपालिका सदस्यमाथि कुटपिट गर्दा योगीको कानमा चोट लागेको छ । उनलाई हाल थप उपचारका लागि सुर्खेत ल्याइएको र अवस्था सामान्य रहेको जनाइएको छ।