|  

एकैदिन तोलामा ३ हजार ५०० रुपैयाँले घट्यो सुन, आज कतिमा हुँदैछ कारोबार ? 

१ जेठ, काठमाडौं । साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाला सुन तोलामा  ३ हजार ५०० रुपैयाँले घटेको हो । जस अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।