|  

भारतको विरोधका बाबजुद पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले दियो १ अर्ब डलर

१ जेठ, काठमाडौं ।  भारतको चर्को विरोधका बाबजुद अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)ले पाकिस्तानलाई एक अर्ब डलर ऋण प्रदान गरेको छ ।

भारत र पाकिस्तानबीच युद्ध चलिरहेकै बेला आएमएफको बोर्डले ७ अर्ब डलर ऋणको दोस्रो किस्ता स्वीकृत गरेको थियो । पाकिस्तानको आर्थिक रिकभरीका लागि आइएमएफले कार्यक्रम लागू गर्न तत्परता देखाएको हो । पाकिस्तानलाई सो किस्ता नदिन भारतले अन्तर्राष्ट्रिय समुदायमा लबिङ गरेको थियो तर रोक्न असफल भएको स्रोतले जनाएको छ ।

भारतले यसको औपचारिक विरोध गरेको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले पर्यावरणीय जोखिम र प्राकृतिक विपत्तिसँग लड्नका लागि पाकिस्तानले गरेका प्रयासलाई समर्थन कायमै राख्ने प्रष्ट पारेको छ ।

यसैबीच भारतले आइएमएफको यो निर्णयको कडा शब्दमा विरोध गरेको छ । उसले पाकिस्तानको खराब रेकर्ड देख्दा देख्दै सो रकम दिइएकोमा त्यसको प्रभावकारितामाथि प्रश्न उठेको छ ।