१ जेठ, काठमाडौं । गर्मी लागेसँगै देशभरको तापक्रम बढ्दो क्रममा रहेको छ ।
आज दिपायल, धनगढी, नेपालगञ्ज र भैरहवामा तापक्रम ४१ डिग्रीसम्म पुग्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा (सात डिग्रीसम्म) पुग्ने देखिन्छ ।