|  

बढ्दो बेरुजुप्रति सरकार गम्भिर बन्नुपर्छः सांसद गैरे

०१ जेठ, काठमाडाैं । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले मुलुकमा बढ्दो बेरुजुप्रति सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन । राज्यका निकायहरुले आर्थिक अनुशासन पालना नगर्दा वर्षेनी बेरुजु बढ्दै गइरहेको उनको भनाइ छ । सांसद गैरेले महालेखा परीक्षकको ६२ औँ प्रतिवेदनमा हालसम्मको बेरुजु कुल रकम ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ पुगेको उल्लेख गर्दै यही अवस्थामा बेरुजु बढ्दै गए हामी कहाँ पुग्छौं भन्दै प्रश्न गरे ।

उनले भने, ‘महालेखाको प्रतिवेदनले बेरुजु बढेको देखाएको छ । बेरुजु यही हिसावले बढ्दै जाने हो भने हामी कहाँ पुग्छौं ? आज ७ खर्ब ३३ अर्ब १९ करोड ९ लाख रुपैयाँ यो देशको बेरुजु भएको छ ।’
उनले संघीय मन्त्रालयतर्फ ४७ अर्ब ७४ करोड ९० लाख, प्रदेश सरकारअन्तर्गत ४ अर्ब २ करोड, स्थानीय तहमा २५ अर्ब २५ करोड ४२ लाख, तथा समिति र अन्य संघसंस्थाहरूमा १४ अर्ब ३३ करोड ७ लाख रुपैयाँ बेरुजु रहेको रहेको उल्लेख गरे ।