१ जेठ, काठमाडौं ।‘टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा लगाएपछि नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतको पद स्वतः निलम्बनमा परेको छ ।
२०७४ सालमा सञ्चारमन्त्री हुँदा टेरामक्स घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायरसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो । बस्नेत २०७९ को चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । अख्तियारले बस्नेतविरुद्ध ३ अर्ब २१ करोड बिगो दाबी गरेको छ । बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।