|  

काभ्रेमा बाढीले बगाएकी रेणुकालाई खोज्न कुकुर परिचालन

१ जेठ, काठमाडौं ।  काभ्रेमा सोमबार बाढीले बगाएकी ३३ वर्षीया रेणुका गिरीलाई खोज्न कुकुर परिचालन गरिएको छ।

बाढीले बगाएको ४ दिनसम्म पनि महिला नभेटिएपछि उनलाई खोज्न ५ वटा कुकुर परिचालन गरिएको हो।
बिहीबार बिहान साढे ८ बजेदेखि कुकुर परिचालन गरेर खोज्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सर्च एन्ड रेक्युको तालिम दिइएको तीन वटा र ट्याकरको तालिम दिइएको दुई वटा गरी ५ वटा कुकुर परिचालन गरिएको छ । बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि काभ्रेका विभिन्न कार्यालयबाट टोली खटिरहेका छन्। रोशी, भकुन्डेबेशी, मंगलटार, पनौती, खोपासी सबै युनिटहरूले खोज्ने काम गरिरहेका छन्।

तर अहिलेसम्म भेटिएकी छैनन्।सोमबार (बैशाख २९) साँझ ६ बजेतिर पनौती नगरपालिका-५ स्थित सुब्बा गाउँ नजिकै रहेको ढलमले ठाडो खोलाले रेणुकालाई बगाएको थियो।