|  

एसिया छनोटमा नेपालकाे दोस्रो जित

०१ जेठ, काठमाडौं । विश्वकप महिला टी-२० को एसिया छनोटमा नेपालले आज दोस्रो जित हात पारेको छ ।

थाइल्यान्डमा आज भएको खेलमा नेपालले बहराइनलाई पराजित गरेको हो । समूह सी मा रहेको नेपालले बहराइनलाई दुवैपटक पराजित गरेको हो । बहराइनले १३ औं ओभरमा ३ विकेट गुमाएर ७६ रन बनाएको अवस्थमा वर्षाका कारण खेल रोकिएको थियो । त्यसपछि डीएलएसअनुसार नेपाले ७ ओभरमा ५६ रनको लक्ष्य पायो । जसमा नेपालले ६ विकेटको जित हात पारेको हो । कप्तान इन्दु बर्माले विस्फोटक ब्याटिङ गरी नेपाललाई दोस्रो जित दिलाइन । बर्माले ७ बलमा नटआउट २४ रन बनाइन ।

यस्तै पुजा महतोले ११ बलमा १३ रन बनाउँदा सम्झना खड्काले पाँच बलमा पाँच रनको योगदान दिइन ।प्रतियोगितामा नेपालले हङकङसँगको एक खेलमा हार व्यवहोरेको थियो भने अर्को खेलमा पराजित भएको थियो ।